ललितपुर, असार ५ । जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
१५ वर्षीया कोशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ललितपुर सुनाकोठी बस्ने सर्लाही लालबन्दी घर भएका प्रेम बहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
श्रेष्ठले ती कीशोरीलाई मंगलबार जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments


























