चैत्र २२ । बहराइनमा थप ९ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।
साल्माबाद स्थित एक क्याम्पमा विदेशी नागरिकलाई सङ्क्रमण देखिएपछि त्यहाँ कार्यरत ४ सय जनालाई क्वारेण्टीनमा राखेर गरिएको परीक्षणमा ९ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको बहराइनका लागि नेपाली राजदूतले दिएको छ।
यो सहित बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १२ पुगेको छ। यससघि सङ्क्रमण भएका तीन जनाको अवस्था भने स्थिर रहेको राजदूत पदम सुन्दासले बताए। सङ्क्रमणको आशंकामा एक जना नेपाली अहिले क्वारेण्टीनमा रहेका छन्।
थप सङ्क्रमण रोक्न कुनै भेला, सभा, समारोह नगर्न दूतावासले सबैलाई आग्रह गरेको छ।
Facebook Comments