लस एन्जलस्, चैत्र १३ । विश्वभर फैलिरहेको कोरोना भाईरसको सँक्रमण अमेरिकामा पनि तिब्र गतीमा फैलिरहेको छ। यसै क्रममा कोरोना भाइरसबाट सँक्रमित हलिउड स्टार मनु डिबैंगोको निधन भएको छ।
८६ वर्षीय डिबैंगोको अस्पतालमा उपचारका क्रममा कोरोना सँक्रमणकै कारण मँगलबार बेलुका निधन भएको चिकित्सकहरुले बताएका छन्। उनी उच्च ज्वरोको कारण केही दिन अघि अस्पताल भर्ना भएका थिए। परीक्षणको क्रममा उनका कोरोना भाईरस (कोभिड १९) को सँक्रमण उच्च देखिएपछि उपचारमा राखिएको थियो।
हलिउड कलाकार डिबैंगो त्यहाँका चर्चित एफ्रो ज्याज म्युजिकका बिज्ञ थिए। डिबैंगोको निधनले यतीबेल हलिउडले कुरा कलाकार र अमेरिकाले प्रभावशाली ज्याज सँगीतज्ञ गुमाएको छ। कोरोना भाईरसबाट ज्यान गुमाएका उनी पहिलो हलिउड स्टार हुन्।
स्यक्सोफोनमा लोकप्रियता हाँसिल गरका डिबैंगोको अन्त्यस्टी अत्यन्ती सुरक्षित र निजी तरिकाले गर्ने परिवार जनले बताएका छन्। कोरोना सँक्रमणका कारण अन्य कलाकार र शुभचिन्तकलाई यी कलाकारको अन्त्यस्टीमा सहभागी नहुन चिकित्सक देखि परिवारजनसम्मले अनुरोध गरेका छन्। एजेन्सी


























