काठमाडौँ, फागुन ३० । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्केकाछन्। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उनी यही फागुन १९ गते अस्पतालमा भर्ना भएका थिए। प्रधानमन्त्रीको पछिल्लो पटक फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो।
मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको चिकित्सकको निगरानीमा स्वास्थ्योपचार गरिएको थियो। पूर्णस्वास्थ्यलाभपछि प्रधानमन्त्रीलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालले जनाएको छ। प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य छ। यसअघि विसं २०६४ मा भारतको अपोलो अस्पतालमा उनको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। रासस
Facebook Comments


























