काठमाडौं, फाल्गुण २५ । चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमण अहिले विश्वभरि विभिन्न देशमा पुगिसकेको छ। सङ्क्रमण नियन्त्रण गर्न मानिसहरूले हिँडडुल कम गर्दा नेपालको पर्यटन क्षेत्र पनि प्रभावित भएको छ।
नेपाल आउने योजना बनाइसकेका विदेशीहरूले धमाधम आफ्नो बुकिङ स्थगित गर्न थालेपछि पर्यटन व्यवसायीहरू थप चिन्तित भएका छन्। उनीहरूमा आफ्नो लगानी डुब्ने हो कि भन्ने पीर देखिन्छ।
विदेशीहरू नआउँदा पर्यटन व्यवसायमा प्रत्यक्ष र परोक्ष रूपमा आश्रित हजारौँ मानिस प्रभावित हुने उनीहरूको भनाइ छ।
Facebook Comments






















