मुम्बई, फागुन १९ । हलिउडमा जस्तै बलिउडमा पनि दुई वा सो भन्दा बढी फिल्मका पात्रलाई जोडेर मल्टी सिक्वेल फिल्न निर्माण भएको छ। रोहित सेट्ठीले यस अघि निर्माण गरेको फिल्म ‘सिंघम’ र रणवीर सिंह अभिनित फिल्म सिम्वालाई जोडेर यसको मल्टी सिक्वेलका रूपमा नयाँ फिल्म ‘सूर्यवंशी’ निर्माण गरेका छन्।
यो फिल्म यही २४ मार्चमा विश्वव्यापी रिलिज हुने भएको छ। बलिउडका एक्सन अभिनेताका रूपमा परिचित तीन अभिनेता अजय देवगन, अक्षयकुमार र रणवीर सिंह यो फिल्ममा विगतका आफ्नो फिल्मका चरित्रमै हुनेछन्।
फिल्ममा सिंघमकै रूपमा अजय देवगन प्रस्तुत हुने भएका छन्। यसमा उनी विशेष भूमिकामा भएको बताइएको छ। फिल्ममा अक्षयकुमार सशक्त भूमिकामा छन्। अक्षयसँगै अजय र रणवीर प्रस्तुत हुँदै छन्।
बलिउडका लागि मल्टी सिक्वेल प्रस्तुत दर्शकलाई नयाँ हुने दाबी यसका निर्देशक रोहितको छ। फिल्मलाई एक्सन प्रधान बनाइएको पनि निर्देशक रोहितले बताएका छन्।
सिंघम ३ पछिको कथा यसका नायक बाजिराव सिंघमले प्रस्तुत गर्ने कथा निर्देशक रोहितको छ। यस्तै जिम्मामा प्रहरीकै रूपमा प्रस्तुत भएका रणवीरको पात्रलाई पनि यो फिल्ममा सोही स्टाइलमा प्रभावशाली कार्य गरेको दर्शकले देख्न पाउने पनि यी निर्देशकले बताएका छन्।


























