काठमाडौ, पुस २५। चर्चित गायिका मेलिना राई र भुपेन चौधरीको स्वरमा रहेको नयाँ गीत ‘मदानीमा घ्यु’ सार्वजनिक भएको छ। आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतमा कोरियोग्राफी तथा निर्देशक प्रशान्त तामाङले गरेका हुन्।
भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र अनिशा न्यौपाने देखिएका छन्। पुष्प र अनिशाको रोमान्स सुहाउँदो देखिएको भिडियोमा निरोज श्रेष्ठको छायाँकन र प्रकाश एसकेको सम्पादन छ। गीतमा शब्द, संगीत तथा एरेञ्ज लोक जिमिजारको रहेको छ।