काठमाडौँ, २४ बैशाख। सिद्धार्थ बैंकले मंगलबारबाट थप दुईवटा शाखा विस्तार गरेको छ। काठमाडौँको नयाँबजार र लाजिम्पाटबाट नयाँ शाखाको शुभारम्भ गरेको हो। मंगलबार नयाँबजार शाखाको प्रतिनिधि सभा सदस्य रामवीर मानन्धर र लाजिम्पाट शाखाको काठमाडौँ महानगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले उद्घाटन गरेका हुन्।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर चारवटा एक्स्टेन्सन काउण्टरसहित १५३ वटा शाखा विस्तार गरिसकेको छ। यस्तै १०० शाखारहित बैंकिङ सेवा, १६२ स्थानमा एटिएम सेवा र एक हजार ३०० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ सेवा प्रदान गर्दै आएको छ।
Facebook Comments